Tuesday, May 15, 2012

ती लड़नेहरुलाई :

जिन्दगीमा नलड्ने विरलै होलान,   
लड्नुको  पिडा र मजै अर्को छ
त्यो लड्नेहरुलाई मात्र थाहा हुन्छ,
फेरी,
लडेर उठ्नुमा गर्व कति छ
त्यो लडी उठ्नेलाई मात्र स्वाद हुन्छ,
त्यसैले अब,
तिमीले उठ्नु पर्छ
लडे पनि,
उठ्नु पर्छ
उठे पछी
कुद्नु पर्छ,
लड्दा,
हास्ने खिसी टयुरी गर्नेहरुलाई
बेस्सरी चाकको धुलो टकटकाइ
कुइरी मण्डल पारेर,
अघि बढ्नु पर्छ
ठुल्ठुलो फड्को मारेर //