Save Bhote Koshi River: Protect from Daming: Save Bhote Koshi River World Class, Top7th Whitewater Destination for Rafting and Kayaking. Save the River, Save Environment.
आज, भोटे कोशी नदीमा बन्न लागेको डयाम को स्थालगत अध्ययन अवलोकन भयो/ लिम्बुवान, खम्बुवान, तामाङ्गसालिंग राज्य समितिका अध्यक्ष, महासचिब, स्थानीय सङ्गर्स समिति का पदाधिकारी र रिपोर्टर हरुको एक दर्जनजतिको टिम ले गाती गाउको मुनि बनाइरहेको सुरुग हेरिसकेपछी, बाताबरण मा पर्ने असर र स्थानीयको हितमा नभएको साथै, पर्यटन र राफ्टीइंग मा पर्ने अत्याधिक मार रहेको ठहर गरेको छ/
आइ. एल. ओ. वन सिक्स नाइन ले सुरक्षित गरेको जल, जमिन र जंगल मा जनजाती र स्थानीय को पहिलो उपभोगीय अधिकार रहने समेत व्यवस्थ रहेको छ / भोटे कोशी नदि विश्वको सातौ महत्वको ह्वाईटवाटर राफ्टीइंग मा पर्ने, पर्यटनको सम्पदा मासेर विकास गर्नु को कुनै अर्थ नरहने,हामी विकास बिरोधि हैनौ, दिगो र ब्यबस्थित विकासको पक्ष कुनै दुइमत नरहेको कुरा स्विकार्छन स्थानीय/
सुरुंग निर्माण कर्ता चिलिमे कम्पनीलाई तुरुन्त बार्तामा आउन पहल गरिने र नआएमा,विभिन्न बिरोधका कार्यक्रम जारी राख्ने साथै यसका कानुनी आधार समेतलाई तिब्रताकासाथ अगाडी बढाइने सर्बपक्षिए समझदारी बनेको छ / भोटे कोशी बचाऊ अभियानमा यहाहरुको सहयोग र समर्थनको जरुरी छ // भोटे कोशी बचाऊ, सम्पदालाई जोगाऊ // please share
No comments:
Post a Comment